कैलालीमा पासोमा परेको अवस्थामा बाघ मृत फेला

  आइतबार ०७, माघ २०८० १४:२७

धनगढी । कैलालीमा एक पाटे बाघ मृत फेला परेको छ । 

जिल्लाको जानकी गाउँपालिका–९ स्थित अमरावती सामुदायिक उपभोक्ता समुहको वनभित्र बाघ मृत फेला परेको हो ।

स्थानीयका अनुसार शिकारीले थापेको पासोमा परेर मृत्यु भएको अवस्थामा बाघ फेला  परेको छ । 

स्थानीयले खबर गरेपछि अहिले जिल्ला वन र प्रहरीको टोली घटनास्थल पुगेको छ ।

clock आइतबार ०७, माघ २०८० १४:२७

प्रतिक्रिया