बाजुरा अदालतको गाडी डोटीको शिलगढीमा दुर्घटना

  शुक्रबार ०५, माघ २०८० १६:४८

बाजुरा । जिल्ला अदालत बाजुराको गाडी डोटीमा दुर्घटना भएको छ।

प्रहरीका अनुसार शुक्रबार बाजुराबाट दिपायल जाँदै गरेको जिल्ला अदालतको बा १ झ ८१८४ नम्बरको गाडी शिलगढी नगरपालिका–६ नाचनथलीको मोड नजिक दुर्घटनामा परेको हो। उक्त गाडी डडेल्धुराको अजयमेरू गाउँपालिका–४ का ३० वर्षीय दीपकराज पाण्डेयले चलाएका थिए।

गाडीमा उनी मात्रै रहेकाले कुनै मानवीय क्षति नभएको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख कविन्द्रसिंह बोहराले बताए। गाडीको ब्रेक फेल भएर दुर्घटना भएको अनुमान छ। घटनास्थलमा अहिले प्रहरीको टोली खटिएको र थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

clock शुक्रबार ०५, माघ २०८० १६:४८

प्रतिक्रिया