भारतमा मृत फेला परे डोटी र कञ्चनपुरका दुई युवक

  शुक्रबार ०५, माघ २०८० १६:११

धनगढी । भारतको कर्नाटक राज्यको नघबारामा सुदूरपश्चिमका दुई युवक मृत फेला परेका छन्।

मृत फेला पर्नेमा कञ्चननपुरको भीमदत्त नगरपालिका–५ का ३३ वर्षीय दिपक खड्का र डोटीका लक्ष्मणसिंह विष्ट रहेका छन्।

मृतक दिपकका दाजु इश्वर खड्काका अनुसार बुधवार रातिदेखि वेपत्ता रहेका उनीहरूको शव क्षतविक्षत अवस्थामा बिहीवार बिहान रेलवे नजिक भारतीय प्रहरीले फेला पारेको बताए।

दिपकको शव चिनिने अवस्थामा रहेको भए पनि लक्ष्मणको शव टाउको नभएको अवस्थामा फेला परेको छ।

उनीहरूसँग भएको आधार कार्डअनुसार भारतीय प्रहरीले पहिचान गरेर आफन्तलाई खबर गरेको इश्वर खड्काले बताए। अहिले दुबैको शव पोष्टमार्टमका लागि अस्पतालमा राखिएको छ।

clock शुक्रबार ०५, माघ २०८० १६:११

प्रतिक्रिया