धनगढीबाट लागूऔषधसहित ५ जना पक्राउ

  शुक्रबार ०५, माघ २०८० ०८:२९

धनगढी । कैलालीको धनगढीबाट खैरो हिरोईनसहित ५ जना पक्राउ परेका छन्।

प्रदेश प्रहरी अनुसन्धान समुह (आरआइटि) सुदूरपश्चिम, लागुऔषध अनुसन्धान ब्युरो कञ्चनपुर र जिल्ला प्रहरी कार्यालय कैलालीको संयुक्त टोलिले धनगढीको देबरियाबाट लागूऔषधसहित ५ जनालाई पक्राउ गरेको हो।

उनीहरुलाई प्रहरीले धनगढी उपमहानगरपालिका–७ देबरियाबाट ६.८७ ग्राम खैरो हिरोईनसहित पक्राउ गरेको जनाएको छ।

पक्राउ पर्नेमा बेलौरी नगरपालिका–६ का २४ वर्षीय राज चौधरी, पुनर्बास नगरपालिका–१ का २१ वर्षीय हरिलाल राना, पुनर्बास–१ कै ३२ वर्षीय कनैया राना, सोही ठाउँका १८ वर्षीय अर्जुन राना र बेलौरी नगरपालिका–७ का १९ वर्षीय अविसेन राना रहेका छन्।

उनीहरुमाथि थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ। 

clock शुक्रबार ०५, माघ २०८० ०८:२९

प्रतिक्रिया