आज यी प्रदेशमा हिमपात, तराईमा हुस्सु

  शुक्रबार ०५, माघ २०८० ०७:३२

धनगढी । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। जसको प्रभावले पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रहेको छ। 

साथै देशको तराईका अधिकांश भूभागमा हुस्सु लागेको छ। आज दिउँसो  कोशी प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ।

कोशी र गण्डकी प्रदेशका पहाडी भूभागका एक–दुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। 

आज राति भने देशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। कोशी, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भूभागका एक दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

clock शुक्रबार ०५, माघ २०८० ०७:३२

प्रतिक्रिया