धनगढी उपमहानगरपालिकाले जोड्यो  मालपोत कार्यालयमा सोलार

  बिहिबार ०४, माघ २०८० १४:११

धनगढी । धनगढी उपमहानगरपालिकाले मालपोत कार्यालय धनगढीमा सोलार पावर जडान गरेको छ। विद्युत गएको समयमा मालपोतको सेवा अवरुद्ध हुने भएकाले उपमहानगरपालिकाले सोलार पावर सहयोग गरेको हो।

भूमि सुधार तथा मालपोत कार्यालय, धनगढी कैलालीमा धनगढी उपमहानगरपालिका, गौरीगंगा नगरपालिका , गोदावरी नगरपालिका , चुरे गाउँपालिका , कैलारी गाउँपालिका, घोडाघोडी नगरपालिका, बर्दोगोरिया गाउँपालिका र भजनी नगरपालिकाका जनताले  सेवा लिने गर्दछन्। 

विद्युत सेवा अवरुद्धभयो भन्ने मालपोत कार्यालयको सेवा ठप्प रहने अवस्थाको अन्त्य गर्न उपमहानगरपालिकाले सोलार पावर जडान गरेको नगरप्रमुख गोपाल हमालको सचिवालयले जनाएको छ। धनगढी र अन्य स्थानीयतहबाट आएका सेवाग्राहीले एउटै कामका लागि ३र४ दिनसम्म कुर्नु पर्ने अवस्थाको अन्त्य गर्न सोलार पावर जडान गरिएको हो। सोलार पावर जडान भएसँगै बत्ती नभएको अवस्थामा पनि सेवाग्राहीको काम सुचारु हुनेछ।

धनगढी उपमहानगरपालिकाले ९ लाख ९८ हजारको लागतमा सोलार पावर जडान गरेको जनाएको छ। नेपाल उर्जा विकास कम्पनी प्रालि, काठमाडौंले  भूमिसुधार तथा मालपोत कार्यालयमा सोलार ईन्भटर पावर व्याकपको जडान कार्य गरेको हो।

बिहीवार एक समारोह आयोजना गरेर प्राध्यापक डाक्टर  हेमराज पन्तले उक्त सोलार पावर उद्घाटन गरेका हुन्। सो अवसरमा  नगर प्रमुख  गोपाल हमाल, भूमीसुधार तथा मालपोत कार्यालय धनगढी,  कैलालीका कार्यालय प्रमुख , नापी कार्यालयका प्रमुख, धनगढी उपमहानगरपालिका डिभिजनल ईन्जिनियर लगायत मालपोतका कर्मचारी र सेवाग्राहीको उपस्थिति रहेको थियो।

धनगढी उपमहानगरपालिकाका नगर प्रमुख हमालले प्रायः मालपोत कार्यालयबाट सेवाग्राहीको ूकाम भएन बती भएनू भन्ने गुनासो आइरहने भएकाले सोलार पावर सहयोग गरिएको बताए। उनले उपमहानगरको पहिलो प्राथमिकता नगरवासीको सेवा भएकाले सोलार पावर जडान गरेर सेवा पाउन सहजीकरण गरेको बताए।

मालपोत जनताको प्रत्यक्ष सरोकारको बिषय भएकाले जनतालाई छिटो छरितो सेवा दिए मात्र जनताको सरकारप्रतिको विश्वास बढ्दै जाने र निराशा बीच आशाको  दीप बल्दै जाने कार्यक्रमका प्रमुख अतिथि प्राध्यापक डाक्टर  हेमराज पन्तले बताए। मालपोत कार्यालयले सोलार पावर जडान भएअ पश्चात् बत्ती गएको अवस्थामा पनि सेवाग्राहीको काम गर्न सहज हुने जनाएको छ।

clock बिहिबार ०४, माघ २०८० १४:११

प्रतिक्रिया