कैलालीबाट पक्राउ परेका पूर्व सई ५० हजार धरौटीमा छुटे

  बिहिबार ०४, माघ २०८० ०९:१९

धनगढी । कैलालीमा असुली, तस्करी, धम्की दिने र अपराधिक गतिविधि गर्ने गरेको पाइएपछि पक्राउ परेका प्रहरीका पूर्व सइ मदन धामी धरौटीमा छुटेका छन्।

उनीमाथि ठगीमा मुद्दा चलाएर हिरासतमा राखी अनुसन्धान भएकोमा हिजो(बुधबार) ५० हजार धरौटीमा जिल्ला अदालत कैलालीले छोडेको हो।

धामीलाई पूर्व प्रहरी भएर अवाञ्छित क्रियाकलाप गरेको र प्रहरीकै विरुद्ध अफवाह फैलाएको भन्दै समातिएको थियो।

clock बिहिबार ०४, माघ २०८० ०९:१९

प्रतिक्रिया