धनगढीबाट भन्सार छलीका सामान बरामद

  बिहिबार ०४, माघ २०८० ०७:५४

धनगढी । कैलालीको धनगढीबाट भन्सार छलीका अबैध सामान प्रहरीले बरामद गरेको छ।

धनगढी उपमहानगरपालिका–२ ब्यारेल नजिकबाट अबैध रुपमा भारतबाट भन्सार छली गरि ल्याएका अन्दाजी ४० हजार १ सय ३० मूल्य बराबरको चिनी, प्याज, मिठाई, ललिपप, नरिवल, बदाम लगायतका सामान बरामद गरिएको छ।

यस्तै धनगढी–३ मित्रनगरबाट अन्दाजी ३६ हजार १ सय ५० मूल्य बराबरको चिनी, नरिवल, मिठाई, सुर्ती, मसला, धनियाँ लगायतका सामान बरामद गरिएको छ।

उक्त सामान बुधवार प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेलापारी नियन्त्रणमा लिएको जनाएको छ।  

clock बिहिबार ०४, माघ २०८० ०७:५४

प्रतिक्रिया