चैतनपुरबाट लागू औषध सहित प्रमोद चौधरी पक्राउ

  बिहिबार ०४, माघ २०८० ०७:३८

धनगढी । कैलालीको गोदावरी नगरपालिकाबाट लागुऔषध सहित एक जनालाइ प्रहरीले पक्राउ गरेको छ । 

जिल्लाको गोदावरी नगरपालिका १ चैतनपुरबाट १ ग्राम ५०० मिलिग्राम लागू औषध खैरो हेरोईन जस्तो देखिने धुलो पदार्थ सहित वडा नम्बर २ वस्ने २४ बर्षिय प्रमोद चौधरी प्रहरीले पक्राउ गरेको हो ।

बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय मालाखेती कैलालीबाट खटिएको टोलीले उनलाई चैतनपुर सामुदायिक बनमा पक्राउ गरेको हो । 

clock बिहिबार ०४, माघ २०८० ०७:३८

प्रतिक्रिया