तराईमा हुस्सु तथा कुहिरो, पहाडी क्षेत्रमा हल्का वर्षाको सम्भावना

  बिहिबार ०४, माघ २०८० ०७:२२

धनगढी । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । 

आज  बिहानसम्म कोशी र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहेको छ। साथै  देशको तराईका अधिकांश भू–भागमा हुस्सु तथा कुहिरो लागेको छ।

विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार बिहीबार दिउँसो कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम मुख्यतया सफा रहनेछ। 

देशका पहाडी  भू–भागमा एकरदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ। कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। 

महाशाखाका अनुसार बिहीबार राति कोशी, गण्डकी र कर्णाली प्रदेशका पहाडी भू–भागमा साधारणतया बदली रही बाँकी भू–भागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहनेछ।

कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागमा एकरदुई  स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ।

clock बिहिबार ०४, माघ २०८० ०७:२२

प्रतिक्रिया