मेनरोड धनगढीमा खुल्यो ‘मेरो ग्रिन’ अटोको नयाँ शाखा

  बुधबार ०३, माघ २०८० २१:४०

धनगढी । इलेक्ट्रिक स्कुटर तथा साइकलको बिक्रेता मेरो ग्रिन अटोले आफ्नो नयाँ शाखा धनगढी मेनरोडमा स्थापना गरेको छ।

सन्तोषी टोलमा मुख्य शोरुम रहेको ग्रिन अटोले ग्राहकहरुको सहजताका लागि मूख्य बजार धनगढी–४ पुरानो भन्सार रोडमा पनि नयाँ शाखा स्थापना गरेको हो। 

बुधबार कैलाली उद्योग बाणिज्य संघका अध्यक्ष पुष्पराज कुँवरले बिक्रि शाखाको उद्घाटन गरेका छन्। दुई वर्षअिघ धनगढीमा स्थापना गरिएको मेरो ग्रिन अटोले बिजुलीबाट चल्ने स्कुटर तथा साइकल विक्रि गर्दै आएको छ।

ग्राहकलाई सहजरुपमा सेवा दिन मेनरोड स्थित पुरानो भन्सार रोड सब्जीमण्डी चोकमा बिक्रि शाखा स्थापना गरिएको सञ्चालक श्याम जोशीले बताए। उनले विगत २ बर्षदेखि मल्टिब्राण्डका विभिन्न इलेक्ट्रिक स्कुटर र साइकल बिक्रि गर्दै आएको बताए।

clock बुधबार ०३, माघ २०८० २१:४०

प्रतिक्रिया