रुखबाट लडेर कैलालीमा १७ वर्षीया रितुको मृत्यु

  बुधबार ०३, माघ २०८० ११:५७

कैलाली । कैलालीमा रुखबाट लडेर एक किशोरीको ज्यान गएको छ। प्रहरीका अनुसार ज्यान गुमाउनेमा घोडाघोडी नगरपालिका–८ सुखडकी रितु थापा रहेकी छन्।

घोडाघोडी नगरपालिका–८ मा मंगलबार दिउँसो ३ बजेतिर घाँस काट्न जाँदा उनको रुखबाट खसेर ज्यान गएको प्रहरीको भनाइ छ। घाइते भएपछि अस्पताल लैजादै गर्दा मृत्यु भएको रितुका आफन्त मिलन बुढाले बताए।

रुखबाट खसेर अचेत भएकी रितुको उपचारका लागि भेरि अस्पताल लैजाँदै गर्दा बाटोमै मृत्यु भएको उनको भनाइ छ।

clock बुधबार ०३, माघ २०८० ११:५७

प्रतिक्रिया