धनगढीमा तीन तले घरको छतबाट खसेर वृद्धको मृत्यु

  बुधबार ०३, माघ २०८० ०८:०९

कैलाली । कैलालीको धनगढीमा घरको छतबाट लडेर एक वृद्धको मृत्यु भएको छ।

धनगढी उपमहानगरपालिका–४ बसपार्क पछाडि छोराको घरमा बस्दै आएका डोटी दिपायल सिलगढी नगरपालिका–३ स्थायी घर भएका ६५ वर्षीय बिष्णुबहादुर माझीको मृत्यू भएको हो। 

तीन तलाको घरको छतबाट लडेर गम्भिर घाइते भएका माझीको उपचारको क्रममा सेती प्रादेशीक अस्पतालमा मृत्यु भएको हो। उनको मृत्यु हिजो राति भएको प्रहरीले जनाएको छ।

clock बुधबार ०३, माघ २०८० ०८:०९

प्रतिक्रिया