आज राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदै
धनगढी । विसं १९९० माघ २ गते दिउँसो २ः२४ बजे भूकम्प गएको सम्झनामा आज देशभर विभिन्न कार्यक्रम आयोजना गरी २६ औँ राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदैछ ।
विसं २०५५ देखि माघ २ गतेलाई राष्ट्रिय भूकम्प सुरक्षा दिवसका रुपमा मनाउन थालिएको हो ।
नेपालको भूकम्प इतिहासमा सबैभन्दा बीभत्स र विनाशकारी वि।सं। १९९० माघ २ गतेको भूकम्पलाई मानिन्छ । त्यही भूकम्प गएको सम्झनामा राष्ट्रिय भूकम्प सुरक्षा दिवस मनाइँदै आएको छ । वि।सं। १९९० मा आएको भूकम्पमा परेर ८ हजार ५१९ जना मानिसको मृत्यु भएको थियो ।
भूकम्पका बारेमा जनचेतना जगाउने उद्देश्यले सरकारले यो दिवस मनाउन शुरु गरेको थियो ।
प्रतिक्रिया