कृष्णपुर नगरपालिकामा आज स्थानीय विदा

  मङ्गलबार ०२, माघ २०८० ०६:५७

कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिकाले आज स्थानीय विदा दिने भएको छ। माघी पर्वको अवसरमा नगरपालिकाले आज मंगलवार एक दिन सार्वजनिक विदा दिने भएको हो।

नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर केसीद्धारा जारी सूचनामा नगरप्रमुखको पुष २९ गतेको निर्णयअनुसार विदा दिइएको उल्लेख छ। 

माघ १ गते माघि र मकर सङ्क्रान्तिका अवसरमा संघीय सरकारले विदा दिएको थियो।

clock मङ्गलबार ०२, माघ २०८० ०६:५७

प्रतिक्रिया