दार्चुलामा ३२ वर्षीय पुरुष मृत फेला

  सोमबार ०१, माघ २०८० ०८:३१

दार्चुला । दार्चुलामा ३२ वर्षीय एक पुरुष मृत फेला परेका छन्। जिल्लाको महाकाली नगरपालिका–२ बडालीगाउँका शेरबहादुर बडाल मृत फेला परेका हुन्।

बडाल सोही ठाउँस्थित बडाली खोला नजिकै आइतवार मृत अवस्थामा फेला परेका हुन्। घटनाको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय दार्चुलाले जनाएको छ। 

clock सोमबार ०१, माघ २०८० ०८:३१

प्रतिक्रिया