गोदावरी धाममा आज देखि बाह्रराशी दर्शन मकर मेला शुरु

  आइतबार २९, पुष २०८० १५:३८

गोदावरी । मकर संक्रान्तिका अवसरमा सुदूरपश्चिमको प्रशिद्ध धार्मिकस्थल कैलालीको गोदावरी धाममा आज देखि बाह्रराशी दर्शन मकर मेला शुरु भएको छ । १२ दिन सम्म चल्ने उक्त मेलाको सुदुरपश्चिमका प्रदेश प्रमुख देबराज जोशीले उद्घाटन गरे ।

प्रत्येक वर्ष कुनै एक राशीमा कुम्भमेलाको योग पर्ने भएकाले कुम्भमेलाको प्रतिकको रुपमा बाह्र राशी दर्शन मकर मेला आयोजना गरीएको धाम बिकास समितिका अध्यक्ष पदमराज जोशीले बताए ।  

यसका लागी धाममा बाह्रराशीको स्थापना गरी प्रत्येक राशीका व्यक्तिहरुलाई दर्शन तथा यहाँ  स्थापना गरिएको कुम्भबाटिकामा बाह्र राशी र नवग्रह, २७ नक्षेत्र र बाह्र आदित्यको स्थापना गरी भक्तजनलाइ दर्शन एवं पूजाको व्यवस्था गरिएको उनले जानकारी दिए । 

मकर मेला भर्न सुदूरपश्चिम लगायत सिमावर्ती भारतका विभिन्न ठाउवाट आज विहानै देखि गोदावरीमा  भक्तजन आउने क्रम जारी छ ।  गोदावरी धाममा प्रत्येक १२ वर्षमा महाकुम्भ, ६ वर्षमा अर्धकुम्भ मेला र प्रत्येक वर्ष बाह्रराशी दर्शन मकर मेला गर्ने लक्ष्य अनुरुप महाकुम्भ पछि मकर मेला आयोजना गरीएको आयोजकले जनाएको छ । 

उदघाटन कार्यक्रममा प्रदेशका सांसदहरु प्रकाश बम, तुलसी देबकोटा, खिमादेबी बिष्टको सहभागीता रहेको थियो । यस्तै गोदावरी नगरपालिकाका नगरप्रमुख बिरेन्द्र भट्ट , गौरीगंगा नगरपालिकाका नगरउपप्रमुख भोज बहादुर बम ,स्वामी १००८ देबराज जि , पुर्बमन्त्री टेक बहादुर रैका लगाएत को सहभागीता रहेको थियो ।

clock आइतबार २९, पुष २०८० १५:३८

प्रतिक्रिया