न्यायाधीश गिरीकी पत्नीद्वारा सर्वोच्च अदालतमा आत्मदाह प्रयास

  आइतबार २९, पुष २०८० १५:२७

काठमाडौँ । बलात्कार मुद्दामा पक्राउ परेका जिल्ला न्यायाधीश भुवन गिरीकी जेठी पत्नी आरतीले सर्वोच्च अदालतबाहिर आत्मदाहको प्रयास गरेकी छन् । 

आइतबार दिउँसो ‘न्याय कि मृत्यु ? बलात्कारी न्यायाधीश भुवन गिरीलाई थुनामा राख’ लेखिएको सेतो टिसर्ट लगाएर सर्वोच्चको गेटबाहिर पुगेकी आरतीले मट्टितेल खन्याएर आत्मदाहको प्रयास गरेकी हुन् । 

तर,शरीरमा मट्टितेल खन्याएको देखेपछि उनलाई प्रहरीले तत्काल रोकेको थियो । त्यसपछि अर्धचेत देखिएकी उनलाई प्रहरीले अस्पतालतर्फ लगेको छ ।

clock आइतबार २९, पुष २०८० १५:२७

प्रतिक्रिया