धनगढीका सडक बत्ती फेरिँदै

  आइतबार २९, पुष २०८० १५:१३

धनगढी । धनगढीका सडक बत्ती फेर्न थालिएको छ। धनगढीको ६ लेन सडकको ट्राफिक चौराहादेखि भन्सारसम्म र क्याम्पस चोकदेखि मोतिचोकसम्मका स्मार्ट स्ट्रिटलाइट फेरिन लागेका हुन्। 

यो क्षेत्रमा सम्झौताअनुसारका गुणस्तरीय स्ट्रिटलाइट जडान नगरेकाले अहिले बदल्न थालिएको हो।

स्ट्रिटलाइट जडानको ठेक्का पाएको श्री ड्राइभ इलेक्ट्रोनिक्स प्रालिले सुरूमा सम्झौता बमोजिमको स्ट्रिटलाइट जडान नगरेको पाइएपछि उपमहानगरपालिकाले भुक्तानी रोकेको थियो। 

कम्पनीले सम्झौताअनुसारका गुणस्तरीय स्ट्रीटलाइट जडान गर्न थालेको उपमहानगरले जनाएको छ। 

कम्पनीले ट्राफिक चौरहादेखि भन्सारसम्म र हुलाकी सडकका स्ट्रिटलाइट बदल्ने उपमहानगरपालिकाले जनाएको छ।

clock आइतबार २९, पुष २०८० १५:१३

प्रतिक्रिया