सामुदायिक वनमा काँचा सालका रुख कटानी, वनका अध्यक्ष सहित दुई जना पक्राउ

  आइतबार २९, पुष २०८० १४:१६

झलारी । अवैध रूपमा सामुदायिक वन फँडानीमा संलग्न रहेको आरोपमा डिभिजन वन कार्यालय कञ्चनपुरले सामुदायिक वनकै अध्यक्ष धनीराम चौधरी र नारायण चौधरीलाई पक्राउ गरेको हो । कृष्णपुर नगरपालिका २ वाणीमा रहेको गडबिजला समुदायिक वनमा रुख कटानी भएको हो । उक्त वनमा गत साता तीन सालका रुख काटिएका छन । काटिएका काचा रुखको काठ वनले नियन्त्रणमा लिएको छ ।

तस्कर समुहले रुख काटेर तस्करी गर्ने अवस्थामा पुग्दा घटना बाहिरीएपछि वनको नियन्त्रणमा पुगेको छ । गत विगतका बर्षहरुमा समेत उक्त सामुदायिक वनमा चोरी तस्करी हुँदै आएको थिया तस्कर समुहले ठाडै सालका रुख काटेपछि सरक्षणकर्मीको ध्यान सिघै गडबिजला समुदायिक वनमा केन्द्रीत भएको छ । गडबिजला समुदायिक वनका अध्यक्ष धनीराम चौधरीले बनमा गस्ती जाने क्रममा तस्कर समुहले मेसिनले तीन सालका काचा रुख काटेको बताएका थिए ।

सामुदायिक वन सखाप पार्ने गरी सालका रुख काटिएपछि चौतर्फि रुपमा तस्कर समुहको पहिचान गरेर कार्बाहीको माग अघि सारिएको छ । स्थानीयले वनकै कर्मचारीहरुले वनमा गस्ती नहुँदादेखि लार्पबाहीले वन सखाप भईरहेको आरोप लगाएका छन । कृष्णपुरका युवा समाजसेवी सुरेन्द्र बमले तस्कर समुहले गाँउमा युवा परिचालन गरेर रुख काटेको गरेको आरोप लएगाएका छन । समाजसेवी बमले समाजिक सञ्जाल मार्फत गरिब निमुखाका छोराछोरी परिचालन गरेर यस्ता तस्करी भईरहेको भन्दै सरोकारवालाको ध्यानाकर्षण गराएका छन ।

यसरी सामुदायिक वनभित्र सालका रुख काटिएपछि कृष्णपुर २का वडाध्यक्ष अर्जुन साउदले घटना स्थलको अनुगमन गर्दै दोषि पत्ता लगाउन आब्हान गरेका छन । सव डिभिजन वन कार्यालय वाणिले उक्त रुख तस्करीको विषयमा छानबिन भईरहेको जनाएको छ । सव डिभिजन वन कार्यालय वाणिका इन्चार्ज अमर धामीले गत कार्तिकमा रहेको एक काठ तस्करीको मुद्दा सहित उक्त विषयमा आशंका गरेर सामुदायिक वनकै अध्यक्ष धनीराम चौधरी र नारायण चौधरीलाई पक्राउ गरिएको बताए ।

‘गत बर्षपनि सोही वनबाट अवैध रुपमा काठ तस्करी भएको थियो, कृष्णपुरको केराबारीबाट ५९.८८क्युफिट काठ बरामद गरेका थियौँ, ‘उनले भने, ‘सो काठमा संलग्न उतिबेला कोही पक्राउ परेनन्, अशंकास्पद व्यक्तिसंग सोधपुछ गर्दा बयान गर्दा उनीहरुको बयानका आधारमा अहिले सामुदायिक वनका अध्यक्ष सहित दुई जना पक्राउ गरेका छौँ ।’ अहिले पक्राउ परेका वनका अध्यक्ष र अर्का व्यक्ति अधिल्लो र अहिलेको घटनाबारे थप अनुसन्धान गर्नका लागि भएको उनले बताए ।

गडबिजला समुदायिक वनमा तीन सालका रुख काटिएको विषयमा सुप प्रदेश सरकार मातहत रहेको उद्योग, पर्यटन वन तथा वातावर निर्देशनालयले घटनामा संलग्न दोषि माथि कार्बाही गर्न निर्देशन दिएको छ । सुप प्रदेशका वन निर्देशक हेमराज विष्टले सामुदायिक वनमा काठ कटानी गर्न लगाउने, संलग्न जो कोहीमाथि पनि अनुसन्धान गरेर कार्बाहीको दायरमा ल्याउन मातहतका निकायका अधिकारीलाई निर्देशन दिएका छन ।

‘हामीलाई वन निर्देशक हेमराज विष्ट ज्यूबाट पनि स्पष्ट निर्देशन आएको छ, घटनाको निष्पक्ष शिघ्र छानबिन गरेर दोषिलाई कानुनी ल्यायरामा ल्याउनुपर्ने, ‘सव डिभिजन वन कार्यालय वाणिका इन्चार्ज वन अधिकृत धामीले भने, ‘घटना थाहा पाएदेखि वनका अध्यक्ष सहित शकास्पद व्यक्तिमाथि छानबिन भईरहेको छ ।’

वन निर्देशक विष्टले यसरी सामुदायिक वनमा आँचाक्ली हुने गरेर आरा नै लगेर तीन तीन रुख काटने व्यक्ति, समुहमाथि सुक्ष्म अनुसन्धान गरेर वन पर्यावरणमाथिको अपराध न्यूनिकरण गर्न समेत मातहत निकायका अधिकारीलाई स्पष्ट निर्देशन दिदै अनुसन्धानका लागि कतै नहिचकिचाउन निर्देशन दिएका छन ।

शुरुवाती दिनमा संचारकर्मीलाई वनमा काठ तस्करी भएको जानकारी दिने वनकै अध्यक्ष अहिले वनको हिरातमा पुगेका छन । स्थानीयले घटनामा संलग्न सम्पुर्णलाई नियन्त्रणमा लिएर कानुनी कार्बाहीको माग अघि सारेका छन ।

clock आइतबार २९, पुष २०८० १४:१६

प्रतिक्रिया