बैतडीमा एक जना मृत अवस्थामा फेला

  आइतबार २९, पुष २०८० ११:३७

बैतडी । बैतडीमा एक पुरुष मृत अवस्थामा भेटिएका छन् ।

जिल्लाको सुर्नया गाउँपालिका वडा नम्बर १ र ३ को सिमा क्षेत्रमा प्रेमसिंह धामी मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

सुदूरपश्चिम प्रदेश प्रहरीका अनुसार दार्चुलाको नौगाड गाउँपालिका वडा नम्बर ४ सिप्टीका ५७ वर्षीय धामी शनिवार दिउँसो मृत फेला परेका हुन् ।

उनी सिदुर खोलाको बिचमा फेला परेकाको प्रहरीको भनाइ छ । यस बिषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

clock आइतबार २९, पुष २०८० ११:३७

प्रतिक्रिया