अछाममा एक बालकको रूखमा च्यापिएर मृत्यु

  आइतबार २९, पुष २०८० ११:३६

अछाम । अछाममा एक बालकको रुखमा च्यापिएर मृत्यु भएको छ। जिल्लाको रामारोशन गाउँपालिका–७ सुतारका १४ वर्षीय जनक विकको  दाउरा चिर्न गएका बेला रुखमा च्यापिएर मृत्यु भएको हो। 

उनको घरबाट करिब ३ किलोमिटर टाढा रहेको भालुदुला नामक वनमा दाउरा चिर्न जाँदा सोही रूखले च्यापेर मृत्यु भएको स्थानीय पूर्णबहादुर विकले बताए। 

clock आइतबार २९, पुष २०८० ११:३६

प्रतिक्रिया