कैलालीको भजनीबाट लागुऔषधसहित दुई जना पक्राउ

  शनिबार २८, पुष २०८० २१:५१

धनगढी । कैलालीमा लागुऔषधसहित दुई जना पक्राउ परेका छन्।

भजनी नगरपालिका–९ पहलवानपुर झुलंगे पुल नजिकै भित्री सडक खण्डबाट घोडाघोडी नगरपालिका–१ सुखडका २६ वर्षीय प्रसान्त चौधरी र भजनी नगरपालिका– ४ का २७ वर्षीय अभिशेख चौधरी ६ ग्राम ६३० मिलीग्राम लागुऔषधसहित पक्राउ परेका हुन्।

प्रसान्तले चलाएको से ४ प ३४४९ नम्बरको मोटरसाइकलमा सवार उनीहरुलाई ईलाका प्रहरी कार्यालय भजनीबाट सादा पोसाकमा खटिगएको प्रहरी टोलीले शनिवार साँझ ६ बजेतिर पक्राउ गरेको हो।

दुबै जनालाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।  

clock शनिबार २८, पुष २०८० २१:५१

प्रतिक्रिया