राप्ती नदीमा बस खस्दा १२ को मृत्यु

  शनिबार २८, पुष २०८० ०६:५२

भालुवाङ । दाङको भालुवाङस्थित राप्ती पुलबाट यात्रुबाहाक बस खस्दा १२ जनाकोृ मृत्यु भएको छ । 

इलाका प्रहरी कार्यालय भालुवाङका प्रहरी निरीक्षक उज्ज्वल सिंहका अनुसार  मृत्यु हुनेको संख्या १२ पुगेको हो । 

उनीहरुको पहिचान हुन सकेको छैन । सबै शव लमहीस्थित अस्पतालमा पठाइएको छ ।  २३ जनालाई उपचारका लागि बुटवल र नेपालगन्ज पठाउने तयारी छ । 

शुक्रबार राति साढे १० बजेतिर बस पुलबाट नदीमा खसेको थियो । नेपालगन्जबाट काठमाडौं जाँदै गरेको भे १ ख ३९१२ नम्बरको यात्रु बस पुलबाट खसेको हो । 

अहिले प्रहरी तथा स्थानीयहरु उद्दारमा खटिएका छन् । बस तीव्र गतिका कारण पुलबाट खसेको हुन सक्ने प्रहरीको अनुमान छ ।

clock शनिबार २८, पुष २०८० ०६:५२

प्रतिक्रिया