कस्तो रहेको छ आजको मौसम ?

  शनिबार २८, पुष २०८० ०६:३६

धनगढी । हाल नेपालमा उल्लेखनीय मौसमी प्रणाली छैन। शनिवार गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत कोशी प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहनेछ।

मौसम पूर्वानुमान महाशाखाका अनुसार तराई भू–भागका अधिकांश स्थानहरूमा हुस्सु÷कुहिरो लाग्ने भएकाले दैनिक जनजीवन, स्वास्थ्य, यातायात तथा हवाई यातायातमा प्रभाव पर्न सक्नेछ।

चिसोबाट समेत बच्न आवश्यक उपायहरू तथा सतर्कता अपनाउन महाशाखाको अनुरोध छ।

clock शनिबार २८, पुष २०८० ०६:३६

प्रतिक्रिया