अत्तरियाको महोत्सवमा १३ जना सम्मानित

  बिहिबार २६, पुष २०८० २०:४६

अत्तरिया । कैलालीको अत्तरियामा आयोजित सुदूरपश्चिम प्रादेशिक महोत्सवमा विभिन्न क्षेत्रका १३ जना सम्मानित भएका छन् । महोत्सवको आयोजक अत्तरिया उद्योग वाणिज्य संघले १३ जनालाई सम्मान गरेको हो ।

सम्मानित हुनेमा शिक्षा क्षेत्रबाट गिरीराज कडायत, व्यवसायी गोपालबहादुर शाही, उद्योगी मानबहादुर शाही, कलाकारिता क्षेत्रबाट दिपेन्द्रप्रसाद दाहाल, सामाजिक क्षेत्रबाट जानकी मलासी र स्वास्थ्य क्षेत्रबाट डा. नरबहादुर मौनी सम्मानित भएका छन् ।

त्यसैगरी धार्मिक र पर्यटन क्षेत्रबाट पदमराज जोशी, कृषिबाट मन्त्री राना, आध्यात्मिक क्षेत्रबाट सविना दिदी, इन्दु दिदी र क्षमा बाइजी र खेल क्षेत्रबाट शिवराज भट्टराई र आनन्द कामी सम्मानित भएका छन् ।

clock बिहिबार २६, पुष २०८० २०:४६

प्रतिक्रिया