अछामबाट चिसापानी आउँदै गरेको मोटरसाइकल कर्णालीमा खस्यो, श्रीमान–श्रीमतीको मृत्यु

  बिहिबार २६, पुष २०८० ०७:१९

धनगढी । कैलालीको चिसापानी–कुइने सडक खण्डमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । 

गएराति भएको दुर्घटनामा अछामको पञ्चदेव विनायक नगरपालिका–१ का अन्दाजी ३८ वर्षीय खकेन्द्र ढकाल र उनकी ३४ वर्षीया श्रीमती मैसरा तिमिल्सेनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।   

इलाका प्रहरी कार्यालय चिसापानीका अनुसार अछामबाट बर्दिया आउने क्रममा मोहन्याल गाउँपालिका–७ डङडङेमामा भे १३ प १०७४ नम्बरको मोटरसाइकल दुर्घटना भएको हो । ‍

मोटरसाइकल अन्दाजी तीन सय मिटर तल कर्णाली नदीमा खसेको प्रहरीले जनाएको छ । मृतकको शव पोस्टमार्टमका लागि टिकापुर अस्पताल लगिएको प्रहरीको भनाइ छ ।

clock बिहिबार २६, पुष २०८० ०७:१९

प्रतिक्रिया