कंचनपुरको गुलरिया बजारमा आगलागी

  बुधबार २५, पुष २०८० २१:२४

अत्तरिया । कंचनपुरको गुलरिया बजारमा आगलागी भएको छ । कृष्णपुर नगरपालिका – ५ गुलरियामा रहेको शिवराज बिष्टले संचालन गरेको फेन्सी पसलमा आगलागी भएको हो ।

२ वटा सटरमा संचालित उक्त पसलमा आगलागी हुदा सबै सामान जलेर नस्ट भएको इलाका प्रहरी कार्यालय मालाखेतीले जनाएको छ ।

आगलागी अहिले नियन्त्रणमा लिईसकिएको प्रहरीले जनाएको छ । आगलागी नियन्त्रण गर्न अत्तरिया र झलारीबाट दमकल पुगेका थिए ।

अहिले प्रहरी घटनास्थलमै रहेको छ । प्रहरीले क्षतिको विवरण सकलन गरिरहेको छ ।

clock बुधबार २५, पुष २०८० २१:२४

प्रतिक्रिया