खमौराबाट ठूलो परिमाणमा चिरान काठ बरामत

  बुधबार २५, पुष २०८० २१:११

सुखड । कैलाली जिल्लाको गोदावरी नगरपालिका वडा १० खमौरा गाउँबाट सब डिभिजन बन अत्तरियाबाट गएको गस्ती टोलिले सालको ठूलो परिमाण चिरान काठ सहित चिरान गर्ने सामाग्री बरामत गरेको छ ।
 
सब डिभिजन बन कार्यलय अतरियाबाट कार्यलय प्रमुख निराजन कडालको नेतृत्वमा करिब दिन देखि पछ्याउँदै गर्दा आज खमौरा गाउँमा बस्दै आएका शेर बहादुर चौधरीको घरमा लुकाइ छिपाइ गरेर राखिएको अवस्थामा सालको चिरान काठ बरामत गरिएको छ ।

खमौराका ३३ वार्षिय शेर बहादुर चौधरीलाई पक्राउ गरिएको बरामत सालको काठ चिरान २सय ५० थान १सय २० क्युफिट काठ बरामत सब डिभिजन बन कायलय अत्तरियाले नियन्त्रणमा राखिएको छ ।

उक्त घटनामा  सङ्लन रहेका चौधरीलाई बन ऐन २०७६ अनुसार कामकारबाही गरिने कडालले जानकारी दिए । 

clock बुधबार २५, पुष २०८० २१:११

प्रतिक्रिया