धनगढीको सुदूरपश्चिम कृषि तथा पशुपंक्षी फर्ममा आगलागी

  बुधबार २५, पुष २०८० ०९:५७

धनगढी । कैलालीको धनगढीमा रहेको एक कृषि तथा पशुपंक्षी फर्ममा आगलागी भएको छ। धनगढी उपमहानगरपालिका–१३ एकता टोल स्थित जंगबहादुर चौधरीले सञ्चालन गरेको सुदूरपश्चिम कृषि तथा पशुपंक्षी फर्ममा अचानक बिद्युतको तार सर्ट भएर मंगलवार साँझ आगलागी भएको हो।

आगलागी हुँदा फर्म भित्र रहेका बोईलर कुखुराको चल्ला, दाना, भुसा, चारो खुवाउने भाँडा लगायतका सामान छ लाख बराबरको धनमाल जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

 उक्त आगलागी प्रहरी, स्थानिय र दमकलको सहयोगमा नियन्त्रणमा लिएर आगलागी सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

clock बुधबार २५, पुष २०८० ०९:५७

प्रतिक्रिया