घुस प्रकरणमा मुछिएपछि आयल निगम धनगढीका हाकिमको सरुवा

  बुधबार २५, पुष २०८० ०९:४०

कैलाली । इन्धन किनेबापत घुस माग्ने गरेको आरोप लागेपछि आयल निगम सुदूरपश्चिम प्रादेशिक कार्यालय, धनगढीका प्रमुख मोहनकुमार साहको सरुवा भएको छ ।

उनले १ लाखसम्म माग्ने गरेको खबर सतहमा आएपछि निमित्त नायब कार्यकारी निर्देशक नागेन्द्र साहले मंगलबार साँझ उनलाई सरुवा गर्ने निर्णय गरेका हुन् ।

उनलाई केन्द्रीय कार्यालयस्थित इन्जिनियरिङ परियोजना तथा सूचना प्रविधि विभागमा बुधबारदेखि हाजिर हुने गरी सरुवा गरिएको छ । उनको ठाउँमा नयाँ डिपो प्रमुख भने पठाइएको छैन ।

डिपोका प्रमुख मोहनकुमार साहले घुस नदिए पेट्रोलियम व्यवसायीलाई इनधन नै नदिने गरेको आरोप लागेको थियि। उनले डिपोबाट पेट्रोल पम्पसम्म इन्धन लग्ने निजी ट्यांकरधनीबाटे मासिक एक लाख रुपैयाँसम्म असुल्ने गरेको आरोप लागेको हो।

डिपोका प्रमुख मोहनकुमार साहले तेल ल्याउन इन्डियन आयल कर्पोरेसन जाने करारका ट्यांकर धनीसँगसमेत रकम माग्ने गरेको आरोप लागेको थियो । उनले प्रमुख साहले पेट्रोलपम्पको अनुगमन र सुपरिवेक्षण गर्दासमेत ‘चिया खर्च’ माग्ने गरेको एक पम्प व्यवसायीले बताएका थिए।

सम्बन्धित शिर्सक
clock बुधबार २५, पुष २०८० ०९:४०

प्रतिक्रिया