माघमा चार दिन बिदा दिन माग

  बुधबार २५, पुष २०८० ०५:४१

धनगढी । माघ (माघी)मा चार दिन बिदा दिन माग गरिएको छ। थारू संघ÷संस्थाका प्रतिनिधिहरूले मुख्यमन्त्री कमलबहादुर शाहसँग माघमा चार दिन बिदा दिन माग गरेका हुन्।

थारू समुदायले महान तथा नयाँ वर्षको रूपमा मनाउने माघ पर्वमा बिदा मागसहित उनीहरूले प्रदेश सकारलाई ध्यानाकर्षण पत्र बुझाइएका छन्। थारू कल्याणकारी सभा कैलालीका सभापति वीरबहादुर चौधरीको नेतृत्वमा गएको टोलीले माघ पर्व पुस मसान्तको अन्तिम दिनदेखि सुरु हुने भएकोले पुस अन्तिम दिनदेखि माघ ३ गतेसम्म चार दिन बिदा माग गरेको हो।

थारू नागरिक समाज कैलालीका अध्यक्ष दिल बहादुर चौधरीले माघ पर्व थारू समुदायको नयाँ वर्षको रूपमा मनाउने भएकोले र पुस अन्तिम दिनमा नै माघको लागि खानपानको जोहो गर्ने, जिता मार्ने, लहानका लागि निस्किने कार्य गर्नुपर्ने भएकोले पुस महिनाको अन्तिम दिनदेखि नै माघ पर्व सुरु हुने बताए।

उनले माघ पर्वको चरम उत्कर्ष भनेकै पुस अन्तिम दिन र माघ १ र २ गतेसम्म हुने र क्रमशः घट्ने हुँदा पुस अन्तिम दिन नछुटाई माघ ३ गतेसम्म ४ दिन बिदा मिलाई दिन मुख्यमन्त्री शाहलाई आग्रह गरेका छन्।

clock बुधबार २५, पुष २०८० ०५:४१

प्रतिक्रिया