अत्तरियाका व्यवसायी खड्काले गरे जन्म दिनमा एक लाख बराबरको सहयोग

  मङ्गलबार २४, पुष २०८० २१:०७

धनगढी । कैलालीको अत्तरियाका व्यवसायी ज्ञानेन्द्र खड्काले जन्म दिनमा सहयोग गरेका छन। उनले महिला बालबालिका सेभ हाउसमा एक लाख बराबरको खाद्य तथा कपडा सहयोग गरेका हुन्।

बडीमालिका रि-कन्डिसन, अत्तरियाका सञ्चालक खड्काले आफ्नो परिवारसहित सेभ हाउस जन्म दिन मनाउदै सहयोग समेत गरेका छन्। उनले चामल, न्यानो कपडा, स्कुल ब्याग, जुत्ता लगाएतका सामाग्रीहरू सहयोग गरेका छन्।

अत्तरिया उधोग वाणिज्य संघका अध्यक्ष कल्याण बोहरा, वरिष्ठ उपाध्यक्ष दलबहादुर खड्का, उपाध्यक्ष द्वय चेतराज पन्त, फागुरामा चौधरी, महा सचिव शंकर खड्का, सचिव दिपन साउँद, कोषाध्यक्ष हेम भण्डारी लगाएत संस्थाका कार्य समितिका सदस्यहरूको सेभ हाउस पुगेका थिए।

clock मङ्गलबार २४, पुष २०८० २१:०७

प्रतिक्रिया