दुर्घटना न्युनिकरणका लागी कर्मथलो अभियानमा सक्रिय सुदुरपश्चिम

  सोमबार २३, पुष २०८० १६:४५

धनगढी । दैनिक बढिरहेको सवारी दुर्घटना न्युनिकरणका लागी नेपाल स्वतन्त्र यातायात मजदुर संगठनले शुरु गरेको कर्मथलो अभियानले सुदुरपश्चिममा निरन्तरता पाएको छ । असोज ६ गते केन्द्रिय कमिटि संगै देशभरीनै शुरु भएको नेपाल यातायात स्वतन्त्र मजदुर सगंठन कार्यथलो अभियान २०८० लाई चैत मसान्तसम्मै सञ्चालन गर्ने संगठनले जनाएको छ ।

सोही अनुरुप नेपाल यातायात स्वतन्त्र मजदुर संगठन सुदुरपश्चिम प्रदेशले अभियानलाई सक्रिय बनाएको छ । प्रदेश अध्यक्ष ललित चन्दका अनुसार अभियान अन्तर्गत यातायात मजुरको सदस्यता नविकरण गर्ने, बसपार्कबाटै नयाँ थप सदस्यता प्रदान गर्ने, सडक दुर्घटना न्युनिकरणका लागि ट्राफिक अनुशिक्षण, यातायात मजदुरलाई योगदानमा आधारित सामाजिक सुरक्षा सम्वन्धि जागरुक गराउने, यातायात मजदुर को निशुल्क स्वास्थ्य परिक्षण गराउनुका साथै अन्य रचनात्मक कार्य भइरहेका छन् ।

धनगढी बसपार्कमा खटिएका अध्यक्ष चन्द सहित नेताहरुले हालसम्म १ सय ५० जना नयाँ सदस्य बनाइसकेको छ भने, ट्राफिक प्रहरीसंगको सहकार्यमा चालकहरुलाई प्रशिक्षण दिइरहेको छ ।

केन्द्रिय अध्यक्ष ज्युको निर्देशन अनुसार हामी कर्मथलो अभियानमा सक्रिय भएका छौँ चन्दले भने “हाम्रो मुख्य उद्देश्य दुर्घटना न्युनिकरण नै हो, त्यसका लागी ट्राफिक प्रहरी मार्फत चालकहरुलाई प्रशिक्षण दिने गरेका छौँ, त्यसपछि सदस्यता बिस्तार गर्ने, नविकरण लगायतका काममा हामी खटिएका छौँ, चैत मसान्तसम्म यो अभियान सञ्चालन हुने छ ।”

कार्यथलो अभियानको सुरुवात सगंठनका केन्द्रीय अध्यक्ष भिमज्वाला राईले २०८० असोज ६ गते देखि २०८० चैत मसान्तसम्म गर्ने सगंठनका दशै भरिका कमिटी लाई निर्देशन दिएका थिए । धनगढी बसपार्क , नेपाल आयल निगम लगायतका ठाउँमा सगंठनका प्रदेश अध्यक्ष ललित चन्द विगत देखि बसपार्कमा नै मजदुर संगै काममा सक्रिय छन् ।

clock सोमबार २३, पुष २०८० १६:४५

प्रतिक्रिया