कञ्चनपुरमा ५ किलो चरेससहित धामी पक्राउ

  सोमबार २३, पुष २०८० ०९:०६

कञ्चनपुर । कञ्चनपुरमा ५ किलो बढी चरेससहित एक जना पक्राउ परेका छन्।

भीमदत्त नगरपालिका-(३ तिलकपुरबाट ५ किलो १०४ ग्राम चरेशसहित बझाङको केदास्युँ गाउँपालिका ६ का ६३ वर्षीय नरबहादुर धामी आइतवार राति पक्राउ परेका हुन्।

नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर र वडा प्रहरी कार्यालय महेन्द्रनगरबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले धामीले बोकी राखेको झोलाबाट चरेस फेला पारी पक्राउ गरेको हो।

यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ। 

clock सोमबार २३, पुष २०८० ०९:०६

प्रतिक्रिया