देशका केही स्थानमा हिमपातको सम्भावना

  सोमबार २३, पुष २०८० ०६:१७

काठमाडौं । देशका केही स्थानमा सोमबार हिमपात हुने भएको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार कोशी, बागमती, गण्डकी र कर्णाली  प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी  भूभागमा मौसम मुख्यतया सफा रहनेछ। 

कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागको एक/दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

सोमबार राति कोशी, गण्डकी र कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भूभागमा मौसम मुख्यतया सफा रहनेछ। 

clock सोमबार २३, पुष २०८० ०६:१७

प्रतिक्रिया