दुई प्रमुख प्रशासकीय अधिकृतसहितका कर्मचारीलाई भ्रष्टाचार मुद्दामा सफाइ

  सोमबार २३, पुष २०८० ०६:१३

धनगढी। गोदावरी नगरपालिकाका तत्कालीन दुई प्रमुख प्रशासकीय अधिकृतलगायत कर्मचारीहरूले भ्रष्टाचार मुद्दामा सफाइ पाएका छन् ।

 दर्जन बढी सडक आयोजनाको ठेक्कामा गुणस्तरहीन काम गर्दा पनि भुक्तानी दिएको भन्दै तत्कालीन प्रमुख प्रशासकीय अधिकृतद्वय खेमराज विष्ट र देवराज जोशीसहितका कर्मचारीहरूलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भ्रष्टाचार मुद्दा दायर गरेको थियो ।

प्रमुख प्रशासकीय जोशीसहित ८ र ७ जनामाथि दुई वटा र विष्टसहित सात, पाँच र छ जनामाथि तीन वटा मुद्धा दर्ता गरिएको थियो । जोशी र विष्टसहितका सबै कर्मचारीलाई सबै मुद्दामा विशेषले सफाई दिएको छ । 

तत्कालीन प्रमुख प्रशासकीय अधिकृत विष्ट र जोशीले प्राविधिकको कार्यक्षेत्रमा प्रवेश गरी गलत तथा गुणस्तरहीन कार्यको नापी किताबमा समेत सहमति जनाइ ठेकेदारलाई भुक्तानी गरेको भन्दै अख्तियारले २०७८ चैत्र ३० गते विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको थियो । 

clock सोमबार २३, पुष २०८० ०६:१३

प्रतिक्रिया