कैलालीको खानीडाँडाबाट ५ किलो चरेस सहित तीनजना पक्राउ

  आइतबार २२, पुष २०८० ०९:०३

धनगढी । कैलालीको चुरे गाउँपालिकाको खानीडाँडाबाट लागुऔषध चरेससहित तीन जना पक्राउ परेका छन्।

चुरे गाउँपालिका वडा नम्बर ५ खानीडाँडास्थित झालपोखरीमा रहेको एक होटलबाट पाँच किलो चरेससहित तीन जनालाई प्रहरीले पक्राउ गरेको हो।

शनिबार ५० वर्षीय होटल सञ्चालक गोरे जागरी, बझाङको बुङगल नगरपालिका वडा नम्बर १ का ३८ वर्षीय कर्णबहादुर धामी र वडा नम्बर २ का ३३ वर्षीय अमर धामी लागुऔषधसहित पक्राउ परेको प्रहरीले जनाएको छ। 

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी, नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगर, इलाका प्रहरी कार्यालय मालाखेती, लागूऔषध नियन्त्रण ब्यूरो शाखा कार्यालय महेन्द्रनगर र अस्थायी प्रहरी पोष्ट खानीडाडाबाट खटिएको संयुक्त प्रहरी टोलीले होटेलमा खानतलासी गर्दा लुकाएर राखेको अवस्थामा लागुऔषध फेला परेको थियो।उल

उक्त विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

clock आइतबार २२, पुष २०८० ०९:०३

प्रतिक्रिया