कञ्चनपुरमा एक लाख ४२ हजारसहित ६ जुवाडे पक्राउ

  आइतबार २२, पुष २०८० ०७:४५

कञ्चनपुर । कञ्चनपुरबाट एक लाख ४२ हजार सहित ६ जुवाडे पक्राउ परेका छन्। जिल्लाको भीमदत्त नगरपालिका–३ जामिरगडाबाट ६ जना जुवाडे पक्राउ परेका हुन्।

सुदूरपश्चिम प्रदेश प्रहरीका अनुसार ३३ वर्षीय भवानी सिंह बुढासहितका ६ जनालाई वडा प्रहरी कार्यालय, महेन्द्रनगरले पक्राउ गरेको हो। 

उनीहरूको साथबाट एक लाख ४२ हजार ६ सय ४५ रुपैयाँ र ६ गड्डी ताससमेत बरामद गरिएको छ। उनीहरु शनिवार साँझ पक्राउ परेका हुन्। प्रहरीले घटनामा थप अनुसन्धान गर्दैछ।

clock आइतबार २२, पुष २०८० ०७:४५

प्रतिक्रिया