गोदावरीको कोल्मुडामा पार्क निर्माण गरिने

  शनिबार २१, पुष २०८० २०:५२

धनगढी । कैलालीको गोदावरी नगरपालिका–१२ कोल्मुडा क्षेत्रमा पार्क निर्माण हुने भएको छ।

वडा कार्यालयले पर्यटन प्रवर्द्धनका लागि कोल्मुडा, चौकी र हलौडेको बीचमा रहेको समैजी देवस्थलको प्रवेशद्वारमा पार्क निर्माण गर्न लागेको हो। 

पार्कको शनिवार वडा अध्यक्ष भीमबहादुर खड्काले शिलान्यास गरेका छन। 

पार्क निर्माणका लागि चालु आर्थिक वर्षमा वडाबाट ५ लाख बजेट विनियोजन गरिएको अध्यक्ष खड्काकाले बताए।

अध्यक्ष खड्काका अनुसार चालु आर्थिक वर्षमा पार्कको गेट, घेरबार, पैदलमार्ग, कुर्सी निर्माण गरिने छ। 

पार्क निर्माणका लागि १ बिगाहा जग्गा समेत छुट्याइएको छ। 

clock शनिबार २१, पुष २०८० २०:५२

प्रतिक्रिया