धनगढीका पत्रकार प्रकाशविक्रम शाह सम्मानित

  शनिबार २१, पुष २०८० १९:४०

धनगढी । गोरखापत्र दैनिकका सुदूरपश्चिम प्रदेशका समाचार संयोजक प्रकाशविक्रम शाह सम्मानित भएका छन् ।

धनगढीको हिमशिखर सहकारी संस्थाले आफ्नो १५ औं वार्षिक साधारण सभामा उनलाई सम्मान गरेको हो। 

शाहले सहकारीका क्षेत्रमा कलम चलाएर उत्कृष्ट योगदान पुर्याएको भन्दै नगदसहित सम्मानित गरेको सो संस्थाका सचिव विमलकुमार जोशीले बताए ।

clock शनिबार २१, पुष २०८० १९:४०

प्रतिक्रिया