धनगढीमा विद्यालय जान्छु भन्दै निस्केका मोहित बेपत्ता

  शनिबार २१, पुष २०८० ०८:४८

घनगढी । बैतडी घर भएका एक किशोर घनगढीबाट बेपत्ता भएका छन् । जिल्लाको सुर्नया गाउँपालिका–७ पत्थरकोट घर भएका १५ वर्षीय मोहित कुँवर शुक्रबार बिहानदेखि बेपत्ता रहेका उनका बुवा अमरबहादुर कुँवरले बताए । 

धनगढीको एलान्इस इन्टरनेश्नल मोडेल कलेजमा कक्षा ११ मा अध्ययनरत कुँवर शुक्रबार बिहान कोठाबाट विद्यालय जान्छु भनि निस्केका र त्यसपछि बेपत्ता रहेका पारिवारिक स्रोतले बताएको छ । 

सन्तोषी टोलमा कोठा गरेर आफ्नै दाजुसँग बस्दै आएका मोहित हराएपछि प्रहरीमा खोजतलासका लागि निवेदन दिइसकेको कुँवरले बताए । मोहितले बोकेको मोबाइलको स्वीच अफ गरिएको छ । 

कसैले मोहितलाई देखेमा नजिकको प्रहरी कार्यालय वा ९८४८८०६४७६ नम्बरमा सम्पर्क गरिदिन अनुरोध गरिएको छ । 

clock शनिबार २१, पुष २०८० ०८:४८

प्रतिक्रिया