धनगढीबाट भन्सार छलिका प्याज बरामद

  शनिबार २१, पुष २०८० ०८:२०

धनगढी । कैलालीको धनगढीबाट भन्सार छलिका प्याज बरामद गरिएको छ।

धनगढी उपमहानगरपालिका-३ ट्राफिक चोकबाट अबैध रुपमा भारतबाट भन्सार छलि गरि ल्याएका अन्दाजी १९ हजार ५ सय मूल्य बराबरको प्याज शुक्रवार साँझ बरामद गरिएको हो।

प्रहरी गस्ती टोलीले बेवारिसे अबस्थामा फेला पारी उक्त प्याज नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।  

clock शनिबार २१, पुष २०८० ०८:२०

प्रतिक्रिया