कैलालीमा भरुवा वन्दुक वरामद

  शनिबार २१, पुष २०८० ०८:१४

धनगढी । कैलालीमा भरुवा बन्दुक वरामद गरिएको छ।

जिल्लाको गौरीगंगा नगरपालिका वडा नम्बर-१ माघी स्थित मौवारी सामुदायिक वन भित्र अबैध एक नाले भरुवा बन्दुक एक थान शुक्रवार दिउँसो प्रहरीले फेला परी बरामद गरेको हो।

प्रहरी कार्यालय चौमालाबाट खटिएको प्रहरी गस्ती टोलीले वेवारिसे अवस्थामा उक्त भरुवा वन्दुक फेला पारी नियन्त्रणमा लिएको बताएको छ।

यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको जनाएको छ।

clock शनिबार २१, पुष २०८० ०८:१४

प्रतिक्रिया