कस्तो हुन्छ आजको मौसम ?

  शनिबार २१, पुष २०८० ०८:१०

धनगढी । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। यतिबेला (शनिबार बिहान) कोशी र मधेश प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिक बदलीको अवस्था छ भने तराईका थोरै स्थानमा हुस्सु र कुहिरो लागेको छ।

शनिबार दिउँसो कोशी, मधेश बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक बदली रहने छ। बाँकी भूभागमा भने मौसम सामान्यतया सफा रहने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। 

कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भूभागको एकदुई स्थानमा शनिबार दिउँसोपख हल्का हिमपातको सम्भावना रहेको महाशाखाले जनाएको छ।

आज राति पनि कोशी, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशको पहाडी भूभागमा आंशिक बदलीकै अवस्था रहने छ। शनिबार बिहान तराई मधेशका भूभागमा लागेको हुस्सु र कुहिरो दिउँसोपख हट्दै जाने महाशाखाले जनाएको छ। 

clock शनिबार २१, पुष २०८० ०८:१०

प्रतिक्रिया