कैलालीको कैलारीमा पार्किङ गरेर राखेको मोटरसाइकल जलेर नष्ट

  शुक्रबार २०, पुष २०८० ०६:२०

धनगढी । कैलालीमा पार्किङ गरेर राखेको मोटरसाइकलमा आगलागी भएको छ।

जिल्लाको कैलारी गाउँपालिका–३ रानामुडाँका हरिप्रसाद चौधरीको मोटरसाइकलमा गएराति (बुधवार) आगलागी भएको हो। 

घरको आगनमा पार्किङ गरेर राखेको से २ प २९९४ नम्बरको मोटसाइकलमा एक्कासी आगलागी भई जलेर पुर्णरुपमा नष्ट भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

clock शुक्रबार २०, पुष २०८० ०६:२०

प्रतिक्रिया