तराईमा हुस्सुरकुहिरो, पहाडी तथा हिमाली भू–भागमा हिमपात

  शुक्रबार २०, पुष २०८० ०६:१६

धनगढी । देशको तराईका धेरै स्थानहरुमा हुस्सुरकुहिरो लागेको छ। हाल देशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।  

आज दिउँसो कोशी, बागमती, गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। कोशी र गण्डकी प्रदेशको उच्च पहाडी तथा हिमाली भू–भागको एक–दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। 

राति कोशी र मधेश प्रदेश लगायत गण्डकी र कर्णाली प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम सामान्यतया सफा रहनेछ। केहि दिन यता मुलुकभरको तापक्रम निरन्तर ओरालो लाग्ने क्रममा छ।

clock शुक्रबार २०, पुष २०८० ०६:१६

प्रतिक्रिया