डडेल्धुरामा श्रीमानको हत्या आरोपमा महिला पक्राउ

  बिहिबार १९, पुष २०८० १९:१८

डडेल्धुरा । डडेल्धुरामा श्रीमानको हत्या आरोपमा एक महिला पक्राउ परेकी छिन् । 

कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ वाणी घर भइ हाल डडेल्धुराको अमरगढी नगरपालिका–८ बस्दै आएका ३६ वर्षीय नरेश नाथको हत्या आरोपमा उनकी श्रीमती २८ वर्षीय पशुपति नाथ पक्राउ परेकी हुन् ।

जिल्ला प्रहरी कार्यालय डडेल्धुराका अनुसार हिजो (बुधबार) राति पशुपतिले लाठी र मिजुराले प्रहार गरि कुटपिटपछि नरेशको हत्या गरेको भन्दै जाहेरी परेपछि उनलाई पक्राउ गरिएको हो ।

पक्राउ परेकी पशुपतिमाथि अदालतबाट ५ दिनको म्याद थप गरि अनुसन्धान भइरहेको डडेल्धुरा प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी निरीक्षक कुसुम नायकले जानकारी दिए ।

clock बिहिबार १९, पुष २०८० १९:१८

प्रतिक्रिया