डडेल्धुरामा लागूऔषधसहित अछामका दुई युवक पक्राउ

  बिहिबार १९, पुष २०८० ११:००

डडेल्धुरा । डडेल्धुरामा लागूऔषधसहित अछामका दुई युवक पक्राउ परेका छन्। 

पक्राउ पर्नेहरूमा अछाम साफे नगरपालिका–३ बस्ने २९ वर्षीय सुमन ठकुल्ला र २८ वर्षीय असोक स्वार रहेका छन्।

डडेल्धुराको अमरगढी नगरपालिका–१ स्याउलेबाट लागूऔषध खैरो हेरोइन ५ ग्राम २७ मिलिग्रामसहित बुधवार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय डडेल्धुराले जनाएको छ। 

प्रहरी चौकी स्याउलेबाट खटिएको प्रहरीले धनगढीबाट अछामतर्फ जाँदै गरेको सुदूरपश्चिम प्रदेश ०१००१ ख ३४०७ नम्बरको बसमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको बताएको छ। यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ।

clock बिहिबार १९, पुष २०८० ११:००

प्रतिक्रिया