कञ्चनपुरको बेलौरीमा भारतबाट ल्याइँदै गरेको उखु बरामद

  बिहिबार १९, पुष २०८० ०९:१९

कञ्चनपुर । कञ्चनपुरमा प्रहरीले भारतबाट नेपाल भित्र्याइदै गरेको उखु बरामद गरेको छ ।

बुधबार राति जिल्लाको दक्षिणी सिमा क्षेत्र बेलौरी नगरपालिका–१ बैशाखीबाट भे १ त ३२८६ नम्बरको ट्याक्टरसहित दुई ट्रली उखु प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालयका डिएसपी प्रकाश डाँगीले बताए ।

प्रहरी देख्दा चालक भागेको उनले बताए । नियन्त्रणमा लिएको ट्याक्टरसहितको उखु आवश्यक प्रक्रियाका लागि त्रिनगर भन्सार कार्यालय पठाइएको छ ।

clock बिहिबार १९, पुष २०८० ०९:१९

प्रतिक्रिया